site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक करोडभन्दा बढीको कारोबार गर्नेले पुस मसान्तसम्म आय विवरण पेस गर्न सक्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ मा एक करोडभन्दा बढीको कारोबार गर्नेलाई आय विवरण पुस मसान्तसम्म बुझाउन सक्ने गरी सहजीकरण गरेको छ । एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताले आय विवरण पेस गर्ने म्याद थप माग गरेमा यो सुविधा पाउनेछन् ।

विभागले यही मंसिर २३ गते आर्थिक वर्ष २०८०/८१ मा एक करोडभन्दा बढीको कारोबार गर्नेका लागि आय विवरण पेस गर्ने म्याद थप गरेको हो ।

निजी क्षेत्रका व्यवसायिक/व्यापारिक छाता संगठनहरू तथा करदाताहरूबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन माग गरेका थिए ।  

आयकर ऐन, २०५८ को दफा ९६ (१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । तर, करदाताले आय विवरण बुझाउने म्याद थप गर्न अनुरोध गरेमा एकैपटक तथा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्था अनुसार वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार गर्ने करदाताका लागि मंसिर मसान्तसम्म र वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदाताका लागि पुस २० गतेसम्म विवरण पेस गर्न सक्ने गरी विभागले गत असोज ४ गते निर्णय गरेको थियो ।

एक करोडभन्दा कमको आय विवरणका लागि भने यो व्यवस्था लागु हुने छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro