site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रचण्डको आरोप 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी छानबिनका नाममा रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । 

चितवनको भरतपुरमा मंगलबार आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नालाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ । 

देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस–एमालेकै नेताको बाहुल्य भए पनि उनीहरूलाई बचाउन अहिलेको सरकार केन्द्रित रहेको उनले बताए । रवि लामिछानेसँग कांग्रेस र एमाले तर्सिएकै कारण अनुसन्धानमा राख्ने काम भएको प्रचण्डले उल्लेख गरे । सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत उनले दिए । 

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उनको आरोप छ । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे । 

अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सीमा समस्या समाधान, विद्युत् व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको बिआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको उनले बताए । 

यसपटक चीन भ्रमणका बेला अहिलेका प्रधानमन्त्री केपी ओलीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको उनले जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro