site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटमा रुखमा ठोक्कियो जीप : आठजनाको मृत्यु, पाँच घाइते
Tiktok banner adTiktok banner ad

रौतहट । बाराको गढीमाई मन्दिरको दर्शन गरेर सिरहा फर्कंदै गरेका तीर्थयात्री सवार बा१६च ३१६२ नम्बरको जीप रौतहटमा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३, बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फूलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । चन्द्रनिगाहपुर अस्पतालमा मृतकको सनाखत गरिएको हो ।

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका निम्ति पर्साको वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro