site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो । इस्लामी विद्रोही समूह हयात तहरिर अल साम (एचटीएस)ले सिरियामा कब्जा गरिसकेको छ ।

Argakhachi Cement Island Ad

उक्त क्षेत्रमा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मंसिर २२ गते संयुक्त राष्ट्र संघको ‘यूएनडिओएफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी उक्त समूह जबरजस्ती प्रवेश गरेको थियो । उक्त सुरक्षा पोस्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित अवस्थामा रहेको सेनाले जनाएको हो ।

“उक्त सुरक्षा पोस्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकको अवस्था सामान्य रहेको छ,” नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्