site stats
बाह्रखरी :: Baahrakhari
देश
मिटर ब्याज लगाएको आरोपमा कविराज कटुवाल पक्राउ

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याजी)को आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ का कविराज कटुवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका कटुवालमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

कटुवालले पीडितलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएको र पीडितले चार करोड ८६ लाख रुपैयाँ फिर्ता गर्दासमे धम्की दिँदै थप रकम मागेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कटुवालमाथि थप अनुसन्धान गरी थुनामा राख्न म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । पक्राउ परेका कटुवाल बडी बिल्डरसमेत हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्