site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् । रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।

तीन–तीनवटा ठूला परिवर्तनपछि पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए । ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भए पनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे ।

Dabur Nepal
NIC Asia

परिवर्तनका शक्तिहरूले आफूलाई नियाल्दै आफ्ना कामक्रियाकलपालाई जनताको जिवनस्तरसंग जोड्न सक्नुपर्ने उहाको भनाइ छ ।

ज्ञवालीले ०७ सालदेखिका क्रान्तिका अभिभारालाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पूरा गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले २००७ सालको राणाविरुद्धको क्रान्तिमा नेतृत्व गरेका रामप्रसाद राईका अधुरा सपनालाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro