site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वस्थ नेपाल र स्वस्थ भावी पुस्ता बनाउने हाम्रो लक्ष्य हो :  स्वास्थ्यमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौ‌ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वास्थ्य संघले आज (आइतबार) आयोजना गरेको कार्यक्रममा उनले स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने कुरामा लागिपर्नुपर्नेमा जोड दिए । 

‘‘बिरामी हुँदा उपचार गर्ने राज्यको दायित्व हो । तर, बिरामीको संख्या बढ्दै जाँदा सबैको निःशुल्क उपचार गर्न नसकिने अवस्था पनि हुन्छ,’’ उनले भने, ‘‘सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।’’ उनले जनस्वास्थ्य क्षेत्रको उपस्थितिले यी लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गरे । उनले भने, ‘‘स्रोत व्यवस्थापन गर्न सकियो भने सबै  स्थानीय तहमा जनस्वास्थ्य अधिकृत चाहिन्छ, स्वास्थ्य ऐन छुट्टै चाहिएकै छ । बनाउने क्रममा छौँ । जनस्वास्थ्यकर्मीको दक्षता नीति निर्माणमा चाहिएको छ ।’’

संघका उपाध्यक्ष तेजप्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरोकारवालालाई यसको प्राथमिकताबारेमा सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताए । 

उनले भने, ‘‘हामी दसौँ हजारको संख्यामा छौँ, तर अझै पनि सबै संगठित हुन सकेका छैनौँ । नीति बनाउँदा जनस्वास्थ्यको विषयलाई पनि ध्यान दिनुपर्छ । उत्पादन भइरहेको छ, तर जनशक्तिलाई कसरी काममा लगाउने सोच्नुपर्छ । दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्छ ।’’

नेपाल जनस्वास्थ्य संघ २०४७ साल मंसिर २३ गते स्थापना भएको हो । संघले यस वर्ष ‘जनस्वास्थ्य लगानी गरौँ, स्वस्थ्य राष्ट्र निर्माण गरौँ’ भन्ने नाराका साथ सप्ताहव्यापी सातै प्रदेशमा दिवसको अवसरमा कार्यक्रम सञ्चालन गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro