site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किमाथांका अरुण र मुगु कर्णाली आयोजनाको ५१ प्रतिशत साझेदारीको लागि आशयपत्र माग
फाइल तस्बिर ।

काठमाडौं । लगानी जुटाउन नसकेको १९०२ मेगावाट क्षमताको मुगु कर्णाली तथा ४५४ मेगावाट क्षमताको किमाथांका अरुणका लागि आशयपत्र माग गरिएको छ । आइतबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त प्रकृतिको किमाथांका अरुण जलविद्युत् आयोजना र जलाशययुक्त प्रकृतिको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आशयपत्र माग गरिएको हो ।

सार्वजनिक–निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रियासहित आयोजनाको स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी माग गरिएको हो । ५१ प्रतिशत सेयरका लागि आवेदकले किमाथांका अरुणको ९३ करोड ८१ लाख र मुगु कर्णालीका लागि ४८ करोड ७२ लाख रुपैयाँ कबोल गर्नुपर्नेछ ।

साझेदारी गर्न चाहनेले आज (आइतबार)को मितिबाट १५ दिनभित्र आशयपत्रको प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रस्ताव पुस ८ गते दिउँसो २ बजे खोलिने विद्युत् उत्पादन कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro