site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्घटनाग्रस्त ग्यास बुलेटका चालक र सहचालक खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटना भएको एनएल–०२एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा रहेका चालक र सहचालकको खोजीकार्यमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको थियो । खोजीका निम्ति सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन गरिएको हो । 

सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro