काठमाडौं । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले राजधानी दमास्कस कब्जा गरेपछि अमेरिकाले पहिलोपटक प्रतिक्रिया जनाएको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेका ‘अप्रत्याशित घटना’लाई नजिकबाट नियालिरहेको जनाएको छ ।
यसैबीच, सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन्, “सिरिया अरू देशजस्तै आफ्ना छिमेकी र विश्वका अन्य मुलुकहरूसँग राम्रो सम्बन्ध राख्ने राष्ट्र बन्न सक्छ ।”
विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा सिरियाको सबैभन्दा ठूलो सहर देइर अजोरमा सरकारी सेनाले उनीहरूसमक्ष आत्मसमर्पण गरेको जनाएको छ । यो घोषणा विद्रोही समूह सहरमा प्रवेश गरेको खबर सार्वजनिक भएको एक मिनेटपछि आएको हो । बीबीसीबाट ।