site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यती एयरलाइन्समा यात्रा गर्दा खनालले जितिन् बेनेलीको स्कुटर 

काठमाडौं । यती एयरलाइन्सले सञ्चालन गरेको चाडपर्व विशेष ‘यतीसँग, उत्सवको उमंग’ योजनाको बम्पर उपहार ग्रीस्मा खनालले जितेकी छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यती एयरलाइन्सले फेसबुक लाइभमार्फत् ‘लक्की ड्र’ गरेको थियो, जसमा ग्रीस्माले सिट्रोनको तर्फबाट पानारोमा बेनेली १२५ सीसीको स्कुटर प्राप्त गरेकी हुन् । उनले यती एयरलाइन्समा मंसिर १४ गते काडमाडौं–भैरहवा यात्रा गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

यस्तै, दोस्रो पुरस्कार मंसिर १२ गते काठमाडौं–विराटनगर उडान गरेका राजेन्द्र राईले हात पारेका छन् । उनले श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट डायमण्डको चेन प्राप्त गरेका छन् ।

यसैगरी, तेस्रो पुरस्कारको रूपमा पाल्सोनिकको फ्रिज सृजना केसीले प्राप्त गरेकी छन् । उनले यती एयरलाइन्समार्फत् मंसिर १२ गते काठमाडौं–नेपालगञ्ज उडान भरेकी थिइन् ।

मासिक पुरस्कारको विजेताहरूमा अरुणकुमार यादव र पदमबहादुर बस्नेत छन् । उनीहरूले नथिङ नेपालको तर्फबाट सीएमएफ एयरवर्ड प्राप्त गरेका हुन् ।

साप्ताहिक पुरस्कार जित्नेहरूमा भने तारादेवी बस्नेत, श्रीपति शाहु, सन्जु कृष्ण भट्टराई, डम्बरप्रसाद तिमिल्सिना, रुपेश धिमाल, विकास गुरुङ, रुजन तुलाधर, अनुज ढकाल छन् । उनीहरूले आईबीबी नेपालको तर्फबाट आकर्षक गिफ्टह्याम्पर प्राप्त गरेका छन् ।

यती एयरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरूलाई लक्षित गरी दुई महिना समयावधिको लागि (असोज २२ देखि मंसिर २१ गतेसम्म) ‘यतीसँग, उत्सवको उमंग’ योजना सार्वजनिक गरेको थियो । यस अवधिभर दुई लाख चार हजार ४८५ जना यती एयरलाइन्समा यात्रा गरेको जनाएको छ ।

यस चाडपर्व विशेष योजनामा यात्रुहरूको उत्साहजनक सहभागिताले थप उर्जा थपेकोले आगामी दिनहरूमा पनि यसप्रकारका आकर्षक अफरहरू ल्याइरहने यती एयरलाइन्सले जानकारी दिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro