site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
संसारकै बुढो चराले ७४ वर्षमा भेटायो नयाँ प्रेमी

काठमाडौं । संसारकै सबैभन्दा बुढो (पोथी) चराले नयाँ प्रेमी भेटेको छ । अल्बाट्रोस प्रजातिको ७४ वर्षको चराले नयाँ प्रेमी फेला पारेको वैज्ञानिकले बताएका छन् । उक्त चरालाई वैज्ञानिकहरूले ‘द विस्डम’नाम दिएका छन् । चार वर्षमा एकचोटि अन्डा पार्ने उक्त चराले भर्खरै मात्र अन्डा पारेको उनीहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको मिडवे नेसनल वाइल्डलाइफ रिफ्युजमा उक्त चराले हालसालै अन्डा पारेको हो । ‘यूएस फिस एन्ड वाइल्डलाइफ सर्भिस, प्यासिफिक’ले आफ्नो एक्स अकाउन्टमा उक्त चराले नयाँ प्रेमी बनाएको र अन्डा पारेको खुसी मनाएको छ ।

विख्यात पन्छीविद् च्यान्डलर रोबिन्सनले सन् १९५६ मा विस्डमको खुट्टामा पहिचानका लागि एउटा रातो फित्ता बाँधिदिएका थिए । फित्ता बाँध्ने समयमा उक्त चरा पाँच वर्षको मात्रै थियो ।

Dabur Nepal
NIC Asia

विस्डमले यस अगाडि सन् २०२१ मा अन्डा पारेको थियो । विस्डमसँग त्यतिखेर देखिएको प्रेमी भने यसपटक देखिएको छैन । यी चराहरूले सामान्यतया एउटै जीवनसाथी बनाउने गर्छन् । तर, ७४ वर्षे विस्डमले भने तीनवटा प्रेमी फेरिसकेको वैज्ञानिकहरूको अनुमान छ । वैज्ञानिकहरूले विस्डमको नयाँ प्रेमीलाई पनि पहिचानका लागि ट्याग लगाएका छन् । सन् २०२१ मा विस्डमसँग देखिएको प्रेमी चरा त्यसयता देखिएको छैन ।

वैज्ञानिकहरूका अनुसार, विस्डमले अहिलेसम्म ६० वटा अन्डा पारेको छ । जसमध्ये ३० वटाबाट बच्चा हुर्किएका छन् । अक्टोबरदेखि नोभेम्बर महिनाको बीचमा उनीहरू गर्भधारण गर्छन् । अल्बाट्रोस चराहरू ओथारो बस्न र बचेरा हुर्काउन मिडवे नेसनल वाइल्डलाइफ रिफ्युजमा आउने गर्छन् ।

यी चराहरूले वर्षको आधाभन्दा बढी समय बचेरा हुर्काउनमा खर्च गर्छन् । बचेरालाई चारो खोज्न यी चराहरू हजारौँ किलोमिटर टाढासम्म पुग्छन् । समूहमा बस्ने अल्बाट्रोसका भाले र पोथी पालैपालो ओथारो बस्छन् र बचेराका लागि आहारा खोज्ने गर्छन् ।

खतराको सूचीमा रहेको अल्बाट्रोस चरा सामान्यतया १२ देखि ४० वर्षसम्म बाँच्ने गर्छ । तर, विस्डम ७४ वर्ष बाँचेको देखेर वैज्ञानिकहरू नै चकित परेका छन् ।

विस्डम सबैभन्दा बुढो जंगली चरा हो । 

कुकी नाम गरेको घरपालुवा सुगा ८२ वर्ष ८९ दिन बाँचेको थियो । यो सुगाको सन् २०१६ मा मृत्यु भइसकेको छ ।

सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro