site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भुटानका राजाले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्