site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इमरान खानविरुद्ध १४ नयाँ मुद्दा दर्ता : मुद्दाको संख्या ७६ पुग्यो, के छ अभियोगमा ?

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध थप १४ नयाँ मुद्दा दर्ता गरिएको छ । योसँगै इस्लामाबादमा इमरानविरुद्ध दर्ता भएका मुद्दाको संख्या ७६ पुगेको छ ।

इस्लामावाद क्यापिटल टेरिटरी पुलिस (आईसीटीपी)ले आज उच्च अदालतमा प्रतिवेदन बुझाएर यसबारे जानकारी दिएको हो ।

रिपोर्टका अनुसार, गत महिना नोभेम्बर २४ मा इस्लामाबादको डी–चोकमा भएको प्रदर्शनपछि इमरानविरुद्ध १४ नयाँ मुद्दा दर्ता गरिएको हो । यसअघि उनीविरुद्ध ६२ मुद्दा दर्ता भएका थिए, जुन अहिले बढेर ७६ पुगेको छ ।

Dabur Nepal
NIC Asia

इमरानले जेलबाट सन्देश जारी गर्दै आफ्ना समर्थक र पीटीआई पार्टीका कार्यकर्ताहरूलाई देशभर विरोध प्रदर्शन गर्न आग्रह गरेका थिए । चुनावमा आफ्नो पार्टीलाई दिएको जनादेशलाई मान्यता दिनुपर्ने, थुनामा रहेका पार्टीका सदस्यहरूलाई रिहा गर्नुपर्ने र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी २६औँ संशोधन खारेज गर्नुपर्ने इमरान पक्षको माग थियो ।

प्रदर्शनकारीलाई रोक्न पाकिस्तानको श्रीनगर राजमार्गमा कन्टेनर राखिएको थियो । तर, प्रदर्शनकारीहरू कन्टेनरमा चढेर बाटो काटेका थिए । प्रदर्शनकारीहरू २४ नोभेम्बरमा इस्लामाबादको उच्च सुरक्षा क्षेत्र (रेड जोन) डी–चोक पुगेका थिए ।

आन्दोलनकारीले यहाँ आन्दोलन सुरु गरेका थिए । तर, २६ नोभेम्बर राति प्रहरीले प्रदर्शनकारीलाई जबरजस्ती डी–चोकबाट हटाएको थियो ।

डी–चोक इस्लामाबादको संवेदनशीन क्षेत्र हो । यस क्षेत्रमा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन र सर्वोच्च अदालत छन् ।

प्रदर्शनका क्रममा सात जनाको मृत्यु पनि भएको थियो । जसमा चार आन्दोलनकारी र तीन प्रहरी छन् । पाकिस्तानी सञ्चारमाध्यममा इमरानका समर्थकले प्रहरीलाई कुटपिट गरी हत्या गरेको दाबी गरिएको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरी र सेनामाथि ढुंगा हानेका थिए ।

एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro