site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीमा शुक्रबार सत्यस्वरुप साँझ

सिड्नी । गायक दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यले शुक्रबार अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको टाउनहलमा प्रस्तुति दिने भएका छन् । उनीहरूलाई स्थानीय कलाकारले साथ दिनेछन् ।

सत्यस्वरुपको यो तेस्रो अस्ट्रेलिया भ्रमण हो । फ्लेभर्स अफ नेपालको आयोजनामा उनीहरूले प्रस्तुति दिन लागेका हुन् ।

दुई दिनअघि मात्र सिड्नी आइपुगेका आचार्य दाजुभाइले स्रोतादर्शकको माया र ममता नै आफ्नो गायकीको पहिचानका रूपमा रहेको बताए ।

नेपाली कलाकारिताका निम्ति प्रवास उर्वरभूमि भएको उनीहरू बताउँछन् । “पछिल्ला दिनहरूमा रचना मात्र हैन, लगानी र व्यावसायिक रूपमा पनि प्रवास नेपाली गीत–संगीतको लागि मुटुको धड्कन बनिसकेको अवस्था हो,” सत्यले भने ।

स्वरुपराजले गीत–संगीत सबैका निम्ति उत्तिकै प्रिय हुने गरेको उल्लेख गरे । “मन–मस्तिष्कलाई आनन्दित गर्ने काम गीत–संगीतले नै गर्ने गर्दछ,” उनले भने ।

उनीहरूले यसअघि सन् २०१३ र २०१७ मा अस्ट्रेलियामा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

आयोजक फ्लेभर्स अफ नेपालका सञ्चालक राजेश केसीले भने, “हामीले आर्थिक दृष्टिकोणबाट नभई नेपाली गीत–संगीतका वास्तविक पारखीहरूका लागि सत्यस्वरुप छानेका हौँ ।”

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro