site stats
बाह्रखरी :: Baahrakhari
देश
राहत शिक्षकको नक्कली लाइसेन्स : तीन महिना कैद र १० हजार जरिवाना हुने फैसला 

काठमाडौं । धनुषाको बरुझियाका निमावि तहका राहत शिक्षक ब्रह्मदेव यादव शिक्षक लाइसेन्ससम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार उनलाई दोषी ठहर गरेको हो ।

यादवलाई १० हजार रुपैयाँ जरिवानासहित तीन महिना कैद हुने फैसला गरिएको छ । उनले शिक्षक सेवा आयोगबाट जारी भएको भनेर नक्कली शिक्षक स्थायी अध्यापन अनुमतिपत्र पेस गरी ०६३ सालदेखि जागिर खाएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्