site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमविरुद्ध फिल्डिङमा काठमाडौं 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमाडौं गुर्खाजले पहिलो फिल्डिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याएका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । काठमाडौंको यो तेस्रो खेल हो । 

यसअघिका दुई खेलमध्ये काठमाडौंले एकमा जित र एकमा हार व्यहोरेको छ ।  

काठमाडौंले पहिलो खेलमा चितवनसँग पाँच विकेटको हार व्यहोर्दा दोस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro