site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।

प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठले पराजित भएको थियो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । काठमाडौंलाई अन्तिम दुई ओभरमा जितका निम्ति २१ रनको आवश्यकता थियो । 

Dabur Nepal
NIC Asia

१९औँ ओभरमा बलिङका निम्ति आएका कर्णालीका कप्तान सोमपाल कामीले १४ रन खर्चिदा काठमाडौंलाई अन्तिम ओभरमा जितका निम्ति सात रनको आवश्यकता थियो । १९औँ ओभरको अन्तिम बलमा काठमाडौंका कप्तान करण केसीलाई ‘डाउन द ग्राउन्ड’ देव खनालले उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएपछि खेलले रोमाञ्चक मोड लिएको थियो । 

कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै १० बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए । उनी १९औँ ओभरको अन्तिम बलमा आउट हुँदा काठमाडौंलाई जितका निम्ति सात रनको आवश्यकता थियो । 

अन्तिम ओभर बलिङका निम्ति आएका नन्दन यादवले पहिलो बल वाइड फ्याके । पुनः पहिलो बल गर्दा यादवलाई सुमित महर्जनले चौका प्रहार गरे । नन्दनले तेस्रो बलमा दुई रन लिन खोज्दा राशिद खानलाई रनआउट गराए पनि काठमाडौंलाई जितका निम्ति चार बलमा एक रनमात्रै आवश्यकता थियो । 

सो ओभरको तेस्रो बलमा सुमितले चौका प्रहार गर्दै काठमाडौंको जित सुनिश्चित गरे । काठमाडौंका सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । गेरहार्ड इरास्मरले ३८ रन बनाए । गुल्सन झाले गरेको १६औँ ओभरको अन्तिम बलमा सोमपाल कामीबाट क्याच हुनुअघि इरास्मसले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । 

४१–४ को कठिन स्थितिबाट इरास्मसले पाँचौँ विकेटका निम्ति समित महजर्ससँग ५७ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ उकासेका थिए । त्यसअघि ओपनर माइकल लेभिटले २२ रन बनाएका थिए । १९ बलमा दुई चौका र एक छक्का प्रहार गरेको लेभिटलाई कर्णालीका विपिन शर्माले सातौँ ओभरको पाँचौँ बलमा नन्दन यादवबाट क्याच गराएका थिए । 

यसबाहेक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर शंकर राना ६ रनमा आउट हुँदा भीम सार्कीले नौ र स्टेफन एस्किनाजीले तीन रन जोडे । 

कर्णालीका कप्तान सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपीन शर्माले समान एक विकेट लिए । 

पहिलो इनिङ : धवनको अर्धशतक 
त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनको योगफल खडा गर्‍यो । कर्णालीका ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । धवनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । 

योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने । उनीअघि जनकपुरका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । यस्तै, विराटनगरका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका रवि बोपाराले अर्धशतक बनाएका थिए । 

८४–५ को स्थितिबाट धवनले जिसान मक्सुदसँग ६५ रनको साझेदारी गर्दै कर्णालीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका हुन् । धवनसँगै अविजित रहेका मक्सुदले ११ बलमा एक चौकासहित १४ रन बनाए । चान्डविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाए । 

वाल्टनलाई काठमाडौंका गेरहार्ड इरास्मसले चौथो ओभरको पाँचौँ बलमा करण केसीबाट क्याच आउट गराएका थिए । बाबर हायात र गुल्सनले क्रमशः १३ र १२ रन बनाए । नवौँ ओभरको पहिलो बलमा दीपेश कँडेलको बलमा बोल्ड हुनुअघि हायातले १८ बलमा एक चौका प्रहार गरेका थिए । गुल्सनलाई १४औँ ओभरको पाँचौँ बलमा इरास्मसले स्टेफन इस्किनाजीले क्याच गरे । 

यसअघि जनकपुरविरुद्ध एकै ओभरमा २४ रन बनाएका अर्जुन घर्तीले पनि चार रन मात्रै थप्न सके । १५औँ ओभरको तेस्रो बलमा नाथन सोटरबाट बोल्ड हुनुअघि उनले तीन बलमा एक चौका प्रहार गरे । कर्णालीका युवा ब्याटर देव खनाल आजको खेलमा पनि चल्न सकेनन् । उनी शून्य रनमा आउट भए । 

देवलाई करण केसीले पहिलो ओभरको तेस्रो बलमै एलबीडब्लूको धरापमा पारेका थिए । देव यसअघि जनकपुरसँग पनि शून्यमै पभेलियन फर्किएका थिए । काठमाडौंका गेरहार्ड इरास्मसले दुई विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले २९ रन खर्चिए । कप्तान करण र दीपेशले समान एक विकेट लिए । जितसँगै काठमाडौंले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णालीको भने यो प्रतियोगितामा लगातार दोस्रो हार हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro