site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावरप्लेमा कर्णालीको सुस्त सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पावरप्लेमा सुस्त सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याङिको निम्तो पाएको कर्णालीले पावरप्लेमा दुई विकेट गुमाएर ३९ रन बनाएको छ ।

पहिलो विकेटका रूपमा कर्णालीले देव खनाललाई शून्यमा गुमायो । उनी पहिलो ओभरको तेस्रो बलमा करण केसीबाट एलबीडब्ल्यू आउट भए । 

दोस्रो विकेटका रूपमा कर्णालीका चार्डविक वाल्टनको विकेट गयो । उनी १५ बलमा पाँच चौकासहित २१ रन बनाएर करण केसीको बलमा गेरहार्ड इरास्मसबाट क्याच आउट भए ।

हाल क्रिजमा शिखर धवन चार र बाबर हायात १० रन बनाएर खेलिरहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro