site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुहिरो र हुस्सुले यातायात सेवा प्रभावित हुनसक्ने 
फाइल तस्बिर ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर मौसम मूख्यतया सफा रहेको जनाएको छ । 

तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ ।

कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको विभागले जानकारी दिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro