राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजबीच भेटवार्ता भएको छ । चीनको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र झाओबीच मंगलबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति सीलाई भेट्नुअघि मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि नेपाल र चीनबीच नौ समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
- चीनमा प्रधानमन्त्री ओली : एयरपोर्टदेखि सीसँग भेटसम्म (तस्बिरहरू)
- यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका नौ सम्झौता
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १५:४७
प्रतिक्रिया दिनुहोस्