site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियामा ३८ भियतनामी पर्यटक बेपत्ता 

सियोल (दक्षिण कोरिया) । कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मंगलबार टापुको पर्यटन संगगठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर–१४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ ।  

तिनीहरूमध्ये ३८ पर्यटक यही स्थानबाट सम्पर्कविहीन भएको तथा बाँकी यात्रुहरू सोही उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।  

ती विदेशी यात्रुहरूलाई बिनाभिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

टापुस्थित अध्यागमन कार्यालयले बेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ । रासस/सिन्ह्वा 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro