site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुन्डागर्दी शैलीमा दुई युवामाथि यसरी गरियाे आक्रमण (भिडियोसहित)

काठमाडौं । ज्यान मार्ने उद्योग कसुरका फरार आरोपीहरू तीन महिनापछि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का सुमित तामाङ, सोहीका सुसन तामाङ, धादिङको रुविभ्याली गाउँपालिका–४ का उम्बे गुरुङ भन्ने उमेश घले र सोहीका कान्छा भन्ने आशिष गुरुङ छन् । 

उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार पक्राउ परेका आरोपीहरूले गएको भदौ ३० मा गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’मा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान मार्ने उदेश्यले आक्रमण गरेका थिए । पक्राउ परेका चारजनाकै समूहले उनीहरू बसेको टेबलमा काठ, फलामको कुर्ची, हेल्मेट, रड, र सिसाको बोतलले अन्धाधुन्ध प्रहार गरेका थिए । घाइते द्वय गुरुङ र तामाङलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालगत्तै आक्रमण गर्ने चार युवा फरार थिए । उनीहरूविरुद्ध गएको असोज ६ गते ज्यान मार्ने उद्योग कसुुरमा प्रहरी वृत्त महाराजगंजको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । आइतबार भने अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पछिल्लोसमय काठमाडौंका गुन्डागर्दी गर्ने समूहमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष निगरानी राखेर अपरेसन चलाउँदै आएको छ । 

यसअघि गएको कार्तिकमा लाजिम्पाटमा नुवाकोटका विक्रम लामामाथि आक्रमण गर्ने गोरखाका निश्चल सुनुवारलाई कार्यालयको टोलीले झापाबाट पक्राउ गरेको थियो । विक्रममाथि आक्रमण गर्ने दुईजना अझै फरार छन् । उनीहरूको खोजीकार्य प्रहरीले तीब्र पारेको छ ।

गुन्डागर्दी नियन्त्रण गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थापनाकालदेखि नै छुट्टै ‘पिलर–४’ तोकेर काम गर्दै आएको छ । हाल पिलर–४ को नेतृत्व डीएसपी अनिल घिमिरेको टोलीले गर्दै आएको छ । डीएसपी घिमिरेको टोली प्राविधिक विश्लेषणमा समेत अब्बल छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro