राजनीति
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।
पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ३१३ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले ९७८ मत पाएका छन्
यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन ७१६ मतसहित तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ०९:५५
प्रतिक्रिया दिनुहोस्