काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानको नतिजा सार्वजनिक हुने क्रम जारी छ । धेरैजसो स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिकामा भने मतगणना जारी छ ।
स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान भएको थियो । समग्रमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्मको नतिजा पढ्नोस्–
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवार नरपुरा बुढा निर्वाचित भइन् । उनले तीन हजार ६२७ मत प्राप्त गरिन् ।
उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरिन् । एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् । यहाँ दुई उमेदवार मात्र प्रतिस्पर्धामा थिए ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–४
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले ७४२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत ल्याइन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाए ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार नमोनारायण माझी निर्वाचित भए । उनले ६ हजार ९६९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार बलराम सरदार थारुले ६ हजार ३३३ मत पाए । नेकपा (एमाले)का उमेदवार तुलसीराम विश्वास चार हजार १५९ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।
जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख
जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उमदेवार देवका लामिछाने निर्वाचित भइन् । उनले चार हजार २७२ मत प्राप्त गरिन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार इन्दा चन्द्र (सिंह)ले तीन हजार १४७ मत ल्याइन् । यस्तै, नेकपा (एमाले)की उमेदवार सुनिता बोहोराले दुई हजार ५४२ मत पाइन् ।
रौतहटको गढीमाई नगरपालिका–८
रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उमेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६५५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार जिउतीदेवी यादवले ६३१ मत ल्याइन् । नेपाली कांग्रेसका उमेदवार सुवोदकुमार यादवले ६१७ मत प्राप्त गरे ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । नेकपा (माओवादी केन्द्र)का उमेदवार जंगबहादुर बराल ८४२ मत ल्याएर तेस्रो स्थानमा रहे ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाश चन्द निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले एक हजार १०७ मत प्राप्त गरे । चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बहादुर चन्दले ४८७ मत ल्याए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुशीलकुमार भट्टले ३६९, नेकपा (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामदत्त भट्टले २१८ मत प्राप्त गरे ।
स्वतन्त्र उमेदवार थानेश्वर लेखकले १४२, नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेकपा (माओवादी केन्द्र)का नाराराम कोलीले १२२, अर्का स्वतन्त्र उमेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत ल्याए ।
काठमाडौं महानगरपालिका–१६
काठमाडौंको काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रोजिना श्रेष्ठ निर्वाचित भइन् । आइतबार भएको उपनिर्वाचनमा उनी एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनले नेपाली कांग्रेसका उमेदवार देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरिन् । निकटतम प्रतिस्पर्धी पाठकले एक हजार ३०४ मत ल्याए ।
यस्तै, नेकपा (एमाले)का उमेदवार लक्ष्मीरत्न तुलाधरले एक हजार २१८, नेकपा (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले ६५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए ।
नुवाकोटको ककनी गाउँपालिका–२
नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार कृष्ण घिमिरे निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले एक हजार ८५ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सूर्य तामाङले ५८७ मत ल्याए । नेकपा (एमाले)का यमबहादुर लामाले ३४१ मत प्राप्त गरे ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मंगलसिद्धी लामा तामाङले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का खेमबहादुर थापाले २८, मंगोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, नेकपा (एकीकृत समाजवादी)का मानबहादुर लामा (तमाङ)ले २३ मत प्राप्त गरे ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार नगेन्द्र लिम्बू निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले ४४० मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बुद्धबहादुर लिम्बूले ३६० मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सन्जिब खड्का ३८ मत ल्याएर तेस्रो स्थानमा रहे ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी निर्वाचित भइन् । आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार ७४० मत प्राप्त गरिन् ।
भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार पुल्तिसरा शाहीले एक हजार ४७४ मत ल्याइन् । नेकपा (एकीकृत समाजवादी)की उमेदवार जवा शाही ५५३ मत ल्याउँदै तेस्रो स्थानमा रहिन् ।
यहाँ कुल सात हजार ४६० मतदातामध्ये तीन हजार ९०३ मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भए । कांग्रेसका अमिन थारु एक हजार ४३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा (एमाले)का उमेदवार विष्णुप्रसाद देवकोटा ३३७ मत ल्याएर तेस्रो स्थानमा रहे ।
धनुषाको धनुषाधाम नगरपालिका–१
धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमदेवार सुनील कापर केवट निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा केवटले ६८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।
यस्तै, जनता समाजवादी पार्टी, नेपालका अजयकुमार यादवले ४९९, नेकपा (एमाले)का प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रामदेव सिंह दनुवारले २७ मत ल्याए ।
जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामनरेश दासले १० मत प्राप्त गरे ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले ६५२ मत प्राप्त गरे । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५८७ मत ल्याइन् ।
यस्तै, नेकपा (एमाले)का भगवानी साहले २६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सतिशकुमार चौधरीले १६५ मत प्राप्त गरे ।
जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेकपा (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उमेदवार सुशील साहले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का मोहमद ताहिर मुसलमान निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनले एक हजार १५० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत ल्याए ।
यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, नेकपा (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले १३८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का इनताज अहमद धोवीले ६६ मत पाए ।
नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेकपा (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उमेदवार अब्दुल अब्वल फकिरले एक मत ल्याए ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनी दुई हजार ६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रविकुमार प्रधानले एक हजार ५६० मत प्राप्त गरे ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का राजेश नगरकोटीले एक हजार ३९८ मत ल्याए ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार इच्छाकुमार महर्जन निर्वाचित भए । उनले ५६२ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले ४९८ मत ल्याए । नेकपा (माओवादी केन्द्र)का उमेदवार सरलगोपाल महर्जनले १७३ मत पाए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–४
सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपालका देवेन्द्रप्रसाद यादव निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा यादव नेपाली कांग्रेसका जोगिन्द्र राय अमातलाई ९५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
विजय भएका यादवले ३७२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी अमातले २७७ मत ल्याए ।
यस्तै, जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाए । नेकपा (एमाले)का सञ्जयकुमार यादवले ६८, नेकपा (माओवादी केन्द्र)का भागवत रामले नौ मत ल्याए ।
रौतहटको राजपुर नगरपालिका–६
रौतहटको राजपुर नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका समसे आलम निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का जिकरुलाहलाई २८१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित भएका आलमले ७४४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जिकरुलाहले ४६३ मत पाए ।
यस्तै, नेकपा (एमाले)का मोहम्मद नसिम अख्तरले ४३१ मत ल्याए । जनमत पार्टीका क्यामुदिन धुनियाले ४५ मत पाए ।
गुल्मीको मुसिकोट नगरपालिका–१
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दलबहादुर थापालाई २५४ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
निर्वाचित भएका श्रेष्ठले एक हजार १८४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले ९३० मत प्राप्त गरे ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर बिकले १४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विकास थापाले ४३ मत ल्याए ।
ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३
ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अम्वी साउदेनलाई हराउँदै उनी निर्वाचित भएकी हुन् ।
निर्वाचित भएकी सावादेनले ३५३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी साउदनले २५१ मत ल्याए ।
यस्तै, नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत पाए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवीप्रसाद पौडेलले सात मत ल्याए ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का सकिवुल खाँ निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित भएका खाँले ६३१ मत ल्याए । माओवादीकी यादवले ५३४ मत ल्याइन् । यस्तै, नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत पाए ।
झापाको कन्काई नगरपालिका–६
झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का तुलाराम बस्नेतलाई १३७ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित भएका ओलीले ४९३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले ३५६ मत ल्याए ।
यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर थापाले २७७ मत पाए ।
रौतहटको ईशनाथ नगरपालिका–७
रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)का शेख अनवारलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।
विजयी भएका खलिकले ६२७ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनवारले ५७५ मत पाए ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का सदरे आलमले ४५२ मत ल्याए । जनमत पार्टीका शेख जमिरुल हकले १३५ मत पाए । नेकपा (माओवादी केन्द्र)का शेख अमिरुलले २४ मत ल्याए ।
गोरखाको गोरखा नगरपालिका–५
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतान्तरले हराउँदै मगर निर्वाचित भएका हुन् ।
निर्वाचित मगरले ४८६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आलेले ४०२ मत ल्याए ।
यस्तै, नेकपा (एमाले)की दुर्गामाया थापा राणाले ३४५ मत ल्याइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मंगलबहादुर थापाले ८२ मत पाए ।
दैलेखको दुल्लु नगरपालिका–१३
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का लालबहादुर शाही निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई तीन मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित भएका लालबहादुरले ५७४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेशमबहादुरले ५७१ मत ल्याए ।
यस्तै, नेकपा (माओवादी केन्द्र)का ढकेन्द्रबहादुर शाहीले २७८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामबहादुर शाहीले ५३ मत ल्याए ।
जाजरकोटको कुशे गाउँपालिका–७
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित सिंहले ३४७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्व माओवादीका नेपालीले ३३२ मत ल्याए । नेकपा (एमाले)का डम्बरबहादुर घर्तीले २५२ मत ल्याए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका भूपमणि पुनमगर निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनी नेकपा (एमाले)का बेगम पुनलाई हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित भएका मगरले ६४३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुनले ५३५ मत ल्याए ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का नरेशजंग सिंहले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पहलबहादुर ओलीले १० मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हिमबहादुर पुनले सात मत ल्याए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का गंगाबहादुर तामाङ निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनी नेपाली कांग्रेसका घनश्याम दाहाललाई हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित तामाङले ३९९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दाहालले १७७ मत ल्याए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विष्णुप्रसाद पोखरेलले १५१, नेकपा (माओवादी केन्द्र)का मानबहादुर सुनुवारले २३ मत ल्याए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५
दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनसिंह कुँवर निर्वाचित भए । आइतबार भएको उपनिर्वाचनमा उनी नेकपा (एमाले)का मानसिंह बडाललाई हराउँदै निर्वाचित भएका हुन् ।
विजयी भएका कुँवरले ३७६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बडालले ३५८, नेकपा (माओवादी केन्द्र)का वीरसिंह कार्कीले ९८ मत ल्याए ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मोतिराम खत्री विजयी भए । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जय श्रीराम बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।
विजयी भएका खत्रीले ५९० र बस्नेतले ५३७ मत ल्याए ।
कालीकोटको तिलगुफा नगरपालिका–४
कालीकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित खड्गराजले १४३ मत पाए । माओवादीका नैसोभाले ११५, नेकपा (एमालेका)का ऐनबहादुर शाहीले ७८ मत पाए ।