site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल बंगलादेशसँग पराजित
तस्बिर : क्यान ।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी १९ वर्षमुनि (यू–१९)को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

नेपालले जितका निम्ति दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका निम्ति ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन् ।

यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन बनाए ।

नेपालका निम्ति युवराज खत्रीले चार विकेट लिए । हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनाएको थियो । नेपालका ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन जोडे । त्यसबाहेक अरू नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका निम्ति अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई/दुई विकेट लिए । साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक/एक विकेट लिए ।

बंगलादेशको यो लगातार दोस्रो जित हो । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro