देश

काठमाडौं । कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–८, तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्ट छन् ।
श्रीमती ३० वर्षीया ज्योति बिष्टको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नरेन्द्रसिंहले मादकपदार्थ सेवन गरी हँसिया प्रहार गर्दा घटनास्थलमै ज्योतिको मृत्यु भएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १२:१२
प्रतिक्रिया दिनुहोस्