site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
एसिया प्यासिफिक फिल्म फेस्टिभलको प्रतिनिधिमण्डलमा सुवर्ण थापा

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा ६१ औं एसिया प्यासिफिक फिल्म फेस्टिभल सुरु भएको छ । एसियाली सिनेमा क्षेत्रको उत्सवका रूपमा मानिएको यो फेस्टिभल एसिया–प्यासिफिक क्षेत्रका चलचित्र निर्माताहरूको महासंघ (एफपीए)ले आयोजना गरेको हो ।

नेपालबाट पहिलोपटक चलचित्र निर्देशक सुर्वण थापाले एसिया प्यासिफिक फिल्म फेस्टिभल समितिमा प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् । एसिया–प्यासिफिक चलचित्र निर्माता महासंघ (एफपीए)को बोर्ड बैठकमा निर्देशक थापाले सांस्कृतिक आदानप्रदान बढाउन चलचित्रको भूमिकाबारे टिप्पणी गरेका छन् ।
 
कार्यक्रममा उनले नेपाली चलचित्र उद्योगमा आफ्नो यात्रा सुनाउँदै यस क्षेत्रको विकास, चुनौती र नेपाली चलचित्रको विश्वव्यापी सम्भावनाबारे विचार राखेका थिए । 

Dabur Nepal
NIC Asia

थापाको सहभागिता फेस्टिभलका लागि महत्वपूर्ण कोसेढुंगा भएको महासंघले जनाएको छ । एसिया प्यासिफिक फिल्म फेस्टिभल कमिटीमा उनी प्रवेश गर्नु सिनेमामा थापाले योगदानको कदर भएको महासंघको भनाइ छ ।

एसिया प्यासिफिक फिल्म फेस्टिभलले यस क्षेत्रको चलचित्र उद्योगसँग सहकार्य बढाउँदै यसलाई विश्वमञ्चमा विस्तार गर्दै लैजाने अपेक्षा राखेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro