site stats
बाह्रखरी :: Baahrakhari
देश
विवाह गर्नेलाई बधाईपत्र !
प्रतीकात्मक तस्बिर ।

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्न थालेको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नवजोडीलाई बधाई प्रमाणपत्र दिन सुरु गरेको हो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले भनिन्, “हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडकनाटक र गाउँबस्तीबस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेका छन् ।”

Argakhachi Cement Island Ad

बालविवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाईपत्र दिएर यो कार्यको सुरुआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिइन् ।

उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुर्‍याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्‍याउने विश्वास पालिकाले लिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

सोही योजनाअनुरूप पातारासी गाउँपालिका–७, रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का)लाई पहिलो बधाईपत्र प्रदान समेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणका निम्ति प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्