site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरियाको अलेप्पो सहरका अधिकांश भाग विद्रोहीको नियन्त्रणमा 
तस्बिर : एपी ।

बेरुत (लेबनान) । सिरियाको अलेप्पो सहरका अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेको छ ।

सिरियाली सेनाले विद्रोही अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अरू घाइते भएका’ जनाएको छ ।

दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागु भएकै दिन बुधबारदेखि लडाकुले इरानी र रुसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।

हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहहरू बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “विद्रोहीले सहरका अधिकांश भूभाग, सरकारी कार्यालय र कारागारलाई नियन्त्रणमा लिएको छ ।”

अल–कायदाको पूर्वसिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस)ले त्यहाँको उत्तरपश्चिमस्थित इदलिब क्षेत्रका केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ ।

आक्रमणमा टर्की समर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ ।

यसैबीच, सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रुसले आफ्ना लडाकु विमानले सन् २०१६ पछि पहिलोपटक अलेप्पो सहर क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

एएफपी टीभीको तस्बिरमा हवाई आक्रमणपछि सहरका केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् । एएफपीले लिएको तस्बिरमा सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीले खुसियाली मनाइरहेको देख्न सकिन्छ ।

केही विद्रोहीले सहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए । पछि मध्य अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए ।

सिरियाली सेनाले ‘सशस्त्र आतंकवादी संगठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल)भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ जनाएको छ ।

सिरियाली युद्ध अनुगमनकारी संस्थाका अनुसार, रातभर गरिएको हवाई आक्रमण उक्त क्षेत्रमा ‘ठूलो (विद्रोही) सैन्य बलको आगमनसँग मिल्दोजुल्दो थियो । युद्ध अनुगमनकर्ताले विद्रोहीले उत्तरका दर्जनौँ सहर र गाउँहरू कब्जामा लिएको पनि जनाएको छ ।

केही दिनयता भएको झडपमा मृत्यु हुनेको संख्या शनिबारसम्म ३११ पुगेको छ, जसमा एचटीएस र सम्बद्ध समूहका १८३ लडाकु र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो । त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् । देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।

पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिबीच जटिल युद्धमा परिणत भएको छ ।

सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगी रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम सुरु भएको थियो ।

सिरियासँगको छिमेकी र असदविरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अरू समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro