site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

आसन्न औपचारिक चीन भ्रमण र विविध विषयमा राष्ट्रपति पौडेलसँग उनको भेट र छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । 

Argakhachi Cement Island Ad

त्यसअघि, शनिबारै बालुवाटारमा नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीच छलफल भएको थियो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्