site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले दिए कार्यदललाई धन्यवाद
फाइल तस्बिर ।

काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई अन्तिम रूप दिइएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

एमाले–कांग्रेसले नेपालमा बीआरआई सम्झौता र कार्यान्वयनका विषयमा सहमतिमा पुग्न एक कार्यदल गठन गरेका थिए । दुवै पार्टीका नेता सम्मिलित उक्त कार्यदलले बीआरआईबारे ‘ड्राफ्ट’ तयार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलले तयार पारेको ड्राफ्टलाई ‘फाइनल’ रूप दिएका थापाले बताए ।

बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले कार्यदललाई धन्यवाद व्यक्त गरेका उनले जानकारी दिए ।

दुई दलबीच भएको सहमतिको खाका भने तत्काल सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

यो पनि पढ्नोस्–

बीआरआईमा कांग्रेस–एमाले : कस्तो समझदारी गर्ने, साझा धारणा तयार भयो त ? 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro