site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘देशको पीडा विदेशको पीर’ सार्वजनिक

काठमाडौं । सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वामी डा. केशवानन्द गिरीलगायत व्यक्तिहरूले उक्त पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा डीएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा–कवि सदानन्द झा’ पनि सार्वजनिक गरियो । स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताए । यो पुस्तकले धेरै कुरा आउँदो पुस्तामा हस्तान्तरण गरेको उनले उल्लेख गरे ।

पुस्तकको समीक्षा गर्दै कृष्णमुरारि भण्डारीले मधेस, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गरे ।

अग्रज साहित्यकार डा. राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान् र सन्तहरूको सम्झना भएको बताए । उनले यो कृति पढ्दा कवि सदानन्दप्रति आफ्नो हृदय झुकेको उल्लेख गरे ।

पुस्तकको सम्पादक दिनेश पौडेलले सम्पादनका क्रममा गरेका कामका बारेमा जानकारी गराए । किताब एक संघर्षको कथा रहेको उनले बताए ।

पुस्तकका लेखक झाले आफूले सानै उमेरदेखि बडाबा सदानन्द झाबाट ज्ञानगुनका कुरा सुन्ने गरेको स्मरण गरे ।

कार्यक्रममा पुस्तक विमोचनअघि दाजुभाइ सुनीलकुमार र विजय झाका तर्फबाट शिक्षकहरूलाई सम्मान गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro