site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा 

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छन् ।  

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उनले बीआरआईको कार्यान्वयन सहमतिमा हुने बताएकी हुन् ।  

“बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ,” उनले भनिन्, “यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।” 

मन्त्री राणाले अहिले नेपाल ऋण लिनसक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट पारिन् । 

“यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ ।  यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ,” उनले भनिन्, “त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफल गरिरहेका छौँ ।”
 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro