site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कार्ल्सबर्ग ग्रुपले ३३ प्रतिशत सेयर किन्दै कायम गर्‍यो शतप्रतिशत स्वामित्व

काठमाडौं । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)मा रहेको सीएसएपीएल (सिंगापुर) हेल्डिङको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ। यससँगै ग्रुपले सबै सेयर आफ्नो बनाएको छ ।

सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया (सीआईपीएल) मा शतप्रतिशत सेयर स्वामित्व छ । सीएसएपीएलको नेपालको गोर्खा ब्रुअरी (जीबीपीएल)मा सेयर स्वामित्व रहेको छ ।

कार्ल्सबर्ग ग्रुपले यससँगै भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व हात पारेको छ ।

यस्तै, सीएसएपीएलमार्फत गोर्खा ब्रुअरीमा कम्पनीको ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्