site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आचारसंहिता मिचेर फेसबुकमा प्रचार गर्दै उमेदवार !

काठमाडौं । उपनिर्वाचन प्रचारको निषेध अवधि बिहीबार राति १२ बजेदेखि लागु भइसकेको छ । निर्वाचन आयोगले मतदान समाप्त हुनेसम्मको समयलाई प्रचार निषेधित अवधि भनेर तोकेको छ । निषेधित अवधिमा कुनै उमेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइँदैन ।

यस अवधिमा सामाजिक सञ्जालमा समेत विज्ञापन गर्न पाइँदैन । तर, कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन, कीर्तिपुर नगरपालिकाकै मेयरका स्वतन्त्र उमेदवार कवि कुमार महर्जन र काठमाडौं–१६ को वडाध्यक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रोजिना श्रेष्ठले फेसबुकमा विज्ञापन गरिरहेका छन् ।

Rojina-1732873054.png

श्रेष्ठले फेसबुकमा नौवटा विज्ञापन गरेकी थिइन् । नौ वटामध्ये चार विज्ञापन निषेधित अवधि सुरु भएको १४ घण्टासम्म फेसबुकमा सक्रिय थिए । शुक्रबार दिउँसो २ बजेपछि मात्र फेसबुकबाट उनले सक्रिय विज्ञापन हटाएकी छन् ।

फेसबुकमा सक्रिय विज्ञापन भनेको उक्त विज्ञापनलाई फेसबुकले प्रयोगकर्ताको फिडमा पुर्‍याइरहन्छ । विज्ञापन निष्क्रिय भएपछि फेसबुकले प्रयोगकर्ताको फिडमा विज्ञापन पुर्‍याउन रोक्छ ।

Shivasaran-1732873053.png
कीर्तिपुर नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रका उमेदवार शिवशरण महर्जनले पनि निषेधित अवधिमा आचारसंहिता उल्लंघन गर्दै फेसबुकमा विज्ञापन गरिरहेका छन् । महर्जनले आफूलाई मत माग्दै फेसबुकमा तीनवटा विज्ञापन सक्रिय राखेका छन् ।

Kabi-Kumar-1732873053.png
त्यसैगरी, कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका कवि कुमारले पनि एउटा विज्ञापन फेसबुकमा सक्रिय राखेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro