site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको प्रचण्डको आरोप

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको टिप्पणी गरेका छन् । तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाट गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा ‘मेरिटोक्रेसी’ लागु गरेको भन्दै ती प्रयासहरूमाथि सरकारले आक्रमण थालेको आरोप लगाए ।
  
“सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्नेलगायत  अवान्छित क्रियाकलाप भइरहेका छन्,” उनले भने ।
 
प्रचण्डले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सचेत नेपालीका निम्ति सैह्य नहुने बताए । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहने उनको भनाइ छ ।
 
“भ्रष्टाचार र बेथितिविरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठ्नेछ,” प्रचण्डले भने । उनले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए ।
 
प्रचण्डले संघीय संसद्सम्म पुर्याइएको शिक्षा ऐन आगामी अधिवेशनबाट पारित गर्न जोड गरिने सुनाए ।  ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro