site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुर र काठमाडौं–१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै अनुगमन टोली खटाइयो 

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गर्न टोली खटाएको छ । 

काठमाडौंमा आचारसंहिताको उल्लंघन भएको सूचना आएपछि अनुगमन टोली गठन गरिएको प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । कीर्तिपुरको अनुगमन टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने छन् । 

त्यस्तै काठमाडौं–१६ को अनुगमन टोलीमा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, उपसचिव (कानुन) सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिँह थापा छन् । 

मंसिर २ देखि उपनिर्वाचन हुने जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागु भएको छ । उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको आयोगले जनाएको छ । 

आचारसंहिता उल्लंघन गर्ने उमेदवारको उमेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro