site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भलिबल खेलाडी उषा भण्डारी सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले 'स्पोर्ट्स डे'को अवसरमा उषालाई सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी दिइन् ।

नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइँमा पुर्‍याउन भूमिका खेलेकाले सम्मान गरिएको उनले बताइन् । "भलिबलमात्रै हैन, नेपाली खेलकुदलाई प्रवर्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौँ," उनले भनिन् ।

Dabur Nepal
NIC Asia

हाल उषा विभागीय टोली नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेलिरहेकी छन् ।

स्पाइकर उषाले ज्ञान संस्कार स्कुलले खेलकुदमा गरेको योगदानको प्रशंसा गरिन् । उनले स्कुलबाट सम्मान पाउनु खेलाडीका लागि खुसीको क्षण रहेको बताइन् ।

"आधुनिक शैक्षिक क्षेत्रमा फरक परिचान बनाएको स्कुलले खेलकुद विकासमा पनि ठूलो योगदान गरिरहेको छ । यसबाट प्रभावित भएँ । मलाई विश्वास गरेर सम्मान गर्नुभएकोमा खुसी छु," उषाले भनिन् । 

स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको साप्ताहिक खेलकुद कार्यक्रम पनि सोमबार नै सम्पन्न गरेको छ ।

एक साता चलेको खेलकुद प्रतियोगितामा ब्याडमिन्टन, कवड्डी, बास्केटबल, बुद्धिचाल, स्केटिङ लगयात विभिन्न १९ खेल समावेश थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro