site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर पोखरेलको जवाफ– जागरणसभा सरकारको कार्यक्रम होइन
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने पार्टी जनतामा जाने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले 'सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्छ ?' भन्ने प्रश्न उठेको भन्दै जवाफ दिएका हुन् । 

“लोकतन्त्र भएका मुलुकामा, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरू सदैव जनतामा जाने गर्दछन्,” उनले भने । 

पोखरेलले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिकरूपमा राज्यको दौडाहामा भाषण गरिरहेको बताए । उनले भारतीय लोकतन्त्र देखेकाहरूले त्यस्तो प्रश्न नगर्न आग्रह गरे । 

उनले सरकारको कार्यक्रम नभएर पार्टीको कार्यक्रम भएको बताए । भ्रम चिर्नका लागि सडकमा आएको उनको भनाइ छ ।

“जनताको पार्टी हो । जनताकै बीचमा गएर षड्यन्त्रलाई चिर्छ, भ्रम चिर्छ ।  जनताको पार्टीको नाताले जनतामा जाने फैसला गरेको हो । यो सरकारको कार्यक्रम होइन, पार्टीको कार्यक्रम हो,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro