site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमको आइकोनिक खेलाडीमा वसन्त खत्री छनोट

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपीएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् ।

यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै सात खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्त सिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपीएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।

रोयल्सले पछिल्लो केही दिनदेखि धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपीएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दीपेन्द्र सिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । 

रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड)  र रोहन मुस्तफा (यूएई)लाई टिममा समावेश गरेको छ । 

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा व्यस्त छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro