site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९० लाख कित्ता आईपीओ निष्कासन गर्न चार माइक्रोइन्स्योरेन्सले दिए निवेदन

काठमाडौं । चार लघुबिमा कम्पनीले आईपीओ निष्कासनका निम्ति निवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डमा यसरी निवेदन दिनेमा दुई जीवन र दुई निर्जीवन लघुबिमा छन् । यी चारसहित सात कम्पनीले दुई वर्षअघि नेपाल बिमा प्राधिकरणबाट लघुबिमाको व्यवसाय गर्न अनुमति पाएका थिए ।

बोर्डका अनुसार, गार्डिन माइक्रोलाइफ, क्रेस्ट माइक्रोलाइफ, नेपाल माइक्रोइन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले ९० करोड रुपैयाँबराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन् ।

गार्डियन माइक्रोलाइफले गएको साउन २४ गते आईपीओ निष्कासनका निम्ति बोर्डमा निवेदन दिएको थियो । क्रेस्ट माइक्रोलाइफले भदौ २० गते निवेदन दिएको हो ।

नेपाल माइक्रोइन्स्योरेन्सले भदौ २४ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सले असोज २० गते आवेदन दिएका थिए ।

यी चारै कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डको अनुमति मागेका छन् । बिमा प्राधिकरणले माइक्रोलाइफ तथा माइक्रो ननलाइफ इन्स्योरेन्सको चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ ।

यी चार कम्पनीले सञ्चालनमा आएको दुई वर्षमा नै आईपीओको प्रक्रिया अगाडि बढाएका हुन् । यीबाहेक लिबर्टी माइक्रोलाइफ, स्टार माइक्रोइन्स्योरेन्स र ट्रस्ट माइक्रोइन्योरेन्सले दुई वर्षअघि प्राधिकरणबाट कारोबार अनुमति पाएका थिए ।

गार्डियन माइक्रोलाइफको केन्द्रीय कार्यालय मोरङको विराटनगरमा छ । क्रेस्ट माइक्रोलाइफको मुख्य कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा छ । नेपाल माइक्रोइन्स्योरेन्सको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा छ । प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्सको मुख्य कार्यालय कैलालीको धनगढीमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro