site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीपीडितमाथि ‘दमन’को भर्त्सना, लिङदेनले दिए आन्दोलनको चेतावनी 
राजेन्द्र लिङदेन । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीका बचतकर्तामाथि ‘अमानवीय र बर्बर आक्रमण’ गरिएको आरोप लगाएको छ । पीडितलाई सान्त्वना दिनुको साटो र बचत रकम फिर्ताको निश्चितताजस्ता सहयोग गर्नुपर्नेमा ‘दमन’ गरिएको भन्दै राप्रपाले त्यसको भर्त्सना गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत पीडितको बचत फिर्ताको माग गरेका छन् । “यसप्रकारको अमानवीय कार्य तत्काल रोक्न र सहकारीपीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न माग गर्दछु,” फेसबुकमा उनले लेखेका छन् ।

सरकारले दमनलाई निरन्तरता दिए राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुने चेतावनी समेत उनले दिएका छन् । “सरकारले यसप्रकारको दमनलाई निरन्तरता दिए एक जिम्मेवार राजनीतिक दलको नाताले जनताका पक्षमा राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुनेछ,” उनले लेखेका छन् ।

लिङदेनको फेसबुक पोस्ट पढ्नोस्–
आफ्नो बचत फिर्ता, ठगहरूमाथि कारबाही जस्ता माँग लिएर अगाडि बढेका सहकारी पीडितहरुमाथि सरकारले सान्त्वना दिन, बचत फिर्ताको सुनिश्चितता जस्ता सहयोग गर्नुपर्नेमा जुन प्रकारको अमानवीय र बर्बर आक्रमण गरेको छ। राप्रपा त्यसको घोर भत्सर्ना गर्दछ। 
यसप्रकारको अमानवीय कार्य तत्काल रोक्न र सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न माँग गर्दछु। 
सरकारले यसप्रकारको दमनलाई निरन्तरता दिए एक जिम्मेवार राजनीतिक दलको नाताले जनताका पक्षमा राप्रपा प्रतिवादमा सडकमा आउन बाध्य हुनेछ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro