site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोस्टबहादुर बोगटी सुरुङमार्ग डीपीआरमा सीमित

हेटौँडा । वाग्मती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा पोस्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड रुपैयाँ खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दराजमा थन्किएको छ ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानीखण्डमा पोस्टबहादुर सुरुङमार्ग निर्माण गर्न डीपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ ।

“आर्थिक वर्ष २०७६/७७ मा सुरुङमार्गको अध्ययन गर्न र योजना अघि बढाउन बजेट विनियोजन भयो,” वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ज्यानेन्द्रप्रसाद पुनले भने, “सो सरकारको निर्णयानुसार आव २०७७/७८ मा सुरुङमार्गको अध्ययन भयो र त्यसको कार्यान्वयन गर्न आयोजना कार्यालय पनि स्थापना भयो । तर, ठेक्का लगाउने बेलामा सरकार फेरिएपछि त्यो अलपत्र छ ।”

सरकार फेरिएसँगै उक्त आयोजना अघि बढाउने वा खारेज गर्ने टुंगो नलाग्दा मन्त्रालय नै अन्योलमा परेको उनले बताए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्रोतको निश्चितता नगरी आयोजना अघि बढाइएकाले अन्योल भएकोे बताए । “अन्य आयोजनाजस्तो सरल होइन सुरुङमार्ग, यो अधिक लगानी लाग्ने आयोजना हो,” उनले भने, “पहिला सुरुङमार्ग बनाउन कति खर्च लाग्छ, त्यो बजेट कहाँबाट ल्याउने हो त्यसको सुनिश्चितता गर्नुपर्छ ।”

संघ र प्रदेश सरकारको संयुक्त लगानीमा मात्र सुरुङमार्ग बनाउन सकिने भएकाले त्यसका निम्ति प्रयास भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro