site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयको निर्देशन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा चलेका कलेजलाई मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । त्यस्ता कलेजलाई विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०५९ बमोजिम मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले पत्राचार गरेको छ । 

पत्रमा संस्थागत क्वालिटी एस्युरेन्स एग्रिडिकेशन (क्युएए) प्राप्त गरे नगरेको विवरण मन्त्रालयलाई उपलब्ध गराउन र नगरेको भए प्रक्रिया थाल्न भनिएको छ । 

साथै, एउटै भवनमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेको भए एक वर्षभित्र अलग गर्न, पूर्णकालीन प्रिन्सिपलको व्यवस्था गर्न र तोकिएको ढाँचामा माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयको निर्देशन छ । 

विदेशी विश्वविद्यालयका सम्बन्धनमा नेपालमा हाल ५९ वटा कलेजले सञ्चालन अनुमति लिएको र तिनमा २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ । तर, यसरी सञ्चालित ७० प्रतिशत कलेज निर्देशिकाको मापदण्डविपरीत रहेको मन्त्रालयको पछिल्लो प्रतिवेदने देखाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro