site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईं सामाजिक अराजकतावादी हुन्, कुलमान 'पपुलिस्ट' बन्न खोजे : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बस्नेतले मंसिर ७ गतेको कार्यक्रमलाई प्रसाईंले भ्रम फैलाएर हिंसक बनाउन खोजेको बताए ।

"दुर्गा प्रसाईंजी सामाजिक अराजकतावादी हुन् । पछिल्लो समयमा कम्बोडियामा प्रधानमन्त्रीको लगानी छ भनेर फेक डकुमेन्ट उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले केपी शर्मा ओली नाम लेख्नुहुन्छ, त्यहाँ खड्गप्रसाद ओली लेखिएको छ । न त सिग्नेचर नै मिल्छ । सबै फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने काम भएको छ," बस्नेतले भने ।

अर्को प्रसंगमा उनले पुराना दलहरू काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरू अहिले काम नलाग्ने प्रमाणित भइसकेको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि पपुलिस्ट हुन खोजेको टिप्पणी गरे । उनले घिसिङलाई राजनीतिक दल खोलेर आउन चुनौतीसमेत दिए ।

त्यस्तै, उनले सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिनुभयो । .....

उनले वर्तमान सरकारले मुलुकको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिर गरे । मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको र सकारात्मक संकेत देखिएको उनको दाबी छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro