site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्ने स्थापित गराउनुभयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद् विपक्षीको भन्ने विषय स्थापित गराएको बताएका छन् । सोमबार सानोगौचरणमा पूर्वसभामुख स्व. ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका उनले यस्तो बताएका हुन् ।

ढुंगाना कांग्रेसबाट सभामुख बनेका र निष्पक्ष रूपमा काम गरेका उनले उल्लेख गरे । उनले ढुंगानाले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलामा आफूहरूले गरे पनि अहिले आएर त्यस्तो होइन भन्ने भान भएको बताए ।

“...उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद् भन्ने कुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ,” उनले भने ।

सभापति देउवाले देशले एउटा इमानदार र ठूलो व्यक्ति गुमाएको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro