site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्लाई बलियो बनाउन स्व. ढुंगानाको भूमिका अविष्मरणीय : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसद्लाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

सोमबार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरण पुगेका सभामुख घिमिरेले स्व. ढुंगानाले संसद्लाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्त्वपूर्ण योगदान दिएको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

सभामुख घिमिरेले संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा स्व. ढुंगानालाई आफूले लिएको उल्लेख गरे । प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने व्यक्तिका रूपमा आफूले चिनेको बताए । 

"प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाइ गर्ने एउटा व्यक्ति स्वं दमननाथ ढुंगाना हुन् । उहाँबाट हामी सबैले सिक्नुपर्ने संसद् सञ्चालन र संसद्को भूमिकाबारे सिक्नुपर्ने एउटा अभिभावकको रूपमा सम्झिन्छु । उहाँ अरुलाई दुःख नहोस् भन्ने चाहने, सबै दुःख आफूले व्यहोर्ने र आफू नै उदाहरण बन्ने व्यक्तित्व पनि हुन् । उहाँको मूल्य, मान्यता भनेको संसद्लाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको स्रोतको रूपमा हुनुहुन्थ्यो," सभामुख घिमिरेले भने । 

स्व. ढुंगानालाई संसद् सञ्चालन र संसद्को भूमिकाबारे सिक्नुपर्ने एउटा अगुवाको रूपमा आफूले सम्झिने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro