site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा १९ बमोजिम दरखास्त आह्वान गरेको हो । 

३० वर्ष नाघेको र सूचना प्रविधि सम्बन्धित विषयमा स्नातकोत्तर गरेका नेपाली नागरिकले दरखास्त दिनसक्ने छन् । यस्तै, आवेदकले व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ । 

सरकारी सेवाका लागि अयोग्य ठहर नहुने, नैतिक पतन नभएको र अदालतबाट फौजदारी सजाय नपाएको व्यक्तिले आवेदन दिन सक्नेछन् । विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको व्यक्तिले दश दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आह्वान गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro