site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुई दिन पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्दै सोमबार र मंगलबार केन्द्रीय कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट मंगलबार (भोलि) केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ ।

स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार (हिजो) बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिर श्रद्धाञ्जलीका निम्ति सानोगौचरणमा राखिएको छ ।

मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका निम्ति ढुंगानाले पुर्‍याएको योगदान स्मरणीय रहने कांग्रेसले जनाएको छ । “मानवअधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानुनविद्, मानवअधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान् एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ,” पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ढुंगाना ०४८ सालको आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०४८ देखि ०५१ सम्म प्रतिनिधिसभाको सभामुख भए । ०५१ मा काठमाडौं–२ र ०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट कांग्रेसका तर्फबाट उमेदवार बनेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro